Rule 50
टाँचाको दर्ता र प्रयोग
(१) सामुदायिक वन उपभोक्ता समूहले काठ, दाउरा सङ्कलन तथा बिक्री वितरण प्रयोजनको लागि कटान हुने रुख तथा काठमा प्रयोग: गर्न अनुसूची-२९ बमोजिमको ढाँचामा टाँचा बनाई डिभिजन. वन कार्यालयमा दर्ताका लागि निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन परेमा डिभिजनल वन अधिकृतले टाँचाको नमुना हेरी टाँचाको विवरण दोहोरो नपर्ने गरी निःशुल्क रुपमा सामुदायिक वन उपभोक्ता समूहको टाँचा दर्ता गरिदिनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम दर्ता भएका सामुदायिक वन उपभोक्ता समूहको: टाँचाको विवरण तयार गरी डिभिजनल वन अधिकृतले निर्देशनालय र विभागमा पठाउनु पर्नेछ।

(४) सामुदायिक वन उपभोक्ता समूहले रुख छपान, ढुवानी तथा ओसारपसार र बिक्री वितरण गर्दा उपनियम (२) बमोजिम दर्ता, भएको टाँचा लगाउनु पर्नेछ।

(५) सामुदायिक वन उपभोक्ता समूहको टाँचाको प्रयोग र सुरक्षाको जिम्मेवारी त्यस्तो उपभोक्ता समूहको अध्यक्षको हुनेछ॥ कुनै कारणवश टाँचा हराएमा वा नोक्सान भएमा सो कुराको तत्काल जानकारी डिभिजन वन कार्यालयलाई दिई पुरानो टाँचा रद्द गराई नयाँ टाँचा दर्ता गराउनु पर्नेछ।

(६) डिभिजन वन कार्यालयले उपनियम (५) बमोजिम रद्द गरेको पुरानो टाँचाको विवरण सहितको जानकारी विभाग, सबै प्रदेश अन्तर्गतका निर्देशनालय र सबै डिभिजन वन कार्यालयलाई दिनु पर्नेछ।